‘टुरिजम तथा हस्पिटालिटी क्षेत्रमा क्लियर कम्युनिकेशन हुन सकेन’
काठमाडौं । टुरिजम तथा हस्पिटालिटी क्षेत्रलाई प्रभावकारी बनाउन लिडरसिपको सम्भावना र खोजी माथि अन्तरक्रिया भएको छ।
हात्तिबनस्थित लिटल एञ्जल कलेज अफ म्यानेजमेन्टको ‘चिया समय वीथ हस्पिटालिटी लिडर्स’ कार्यक्रममा विद्यार्थीहरूले लेखक तथा टुरिजम व्यवसाय गर्दै आएका भीम न्यौपानेसँग अन्तरक्रिया गरे।
नेपालमा टुरिजम तथा हस्पिटालिटी क्षेत्रमा सम्भावना प्रचुर देखिए पनि थुप्रै चुनौती रहेको बताए न्यौपानेले। ‘टुरिजम र हस्पिटालिटी क्षेत्रमा नयाँ सम्भावना प्रचुर छ तर सूचना तथा सञ्चारको समन्वयका कारण हामी पछाडि परेका छौँ,’ न्यौपानेले भने, ‘टुरिजमको विकासका लागि राज्यले नै क्लियर इनफर्मेशनको वातावरण बनाउन आवश्यक छ।’
पचासको दशकतिर नेपालमा टुरिजमको क्षेत्रमा प्रत्यक्ष समन्वय हुने र सुरक्षाको प्रत्याभूति दिलाउन सकिने वातावरण रहेको अनुभव उनले सुनाए, ‘बीस वर्ष अगाडि नेपालमा पर्यटक सुरक्षित र सही कम्युनिकेशन भएको महसुस गर्थे। तर अहिले इन्टरनेटको समय छ र पनि मीस कम्युनिकेशन बढी पाइन्छ। क्लियर कम्युनिकेशन गर्न हामी चुकिरहेका छ।’
नयाँ पुस्ता हस्पिटालिटी क्षेत्रमा आउन चाहेका छन् र तिनले के कस्ता कुरामा सचेत हुन पर्छ भन्ने विद्यार्थीको प्रश्नमा न्यौपानेले ‘इको टुरिजम,’ ‘संस्टेनेबल अभरनेस’ र ‘रि-जेनेरेटिभ’का लागि ‘हस्पिटालिटी म्यानेजमेन्ट’ ‘टुरिजम डेस्टिनेसन’ ‘कमन गोल’ जस्ता विषयमा हस्पिटालिटी लिडर्स’ गम्भीर हुनु पर्ने बताए ।
अष्ट्रेलियाको मेलबर्नमा दुइ दशक अघिदेखि’बुद्ध ट्राभल एण्ड टुर’का चलाउदै आएका न्यौपानेलाई विद्यार्थीहरुले साेधे, ‘हस्पिटालिटी क्षेत्रमा भाषाको महत्व कति रहन्छ?’
‘भाषाले मात्रै हस्पिटालिटी क्षेत्र सोचेको भन्दा राम्रो हुन सक्दैन। त्यसका लागि गुड कम्युनिकेशन नै चाहिन्छ,’ न्यौपानेले दुइ दशक लामो अनुभव सुनाउँदै भने,’मैले बोल्ने अंग्रेजी भन्दा तपाईंहरूको अंग्रेजी राम्रो छ र पनि अष्ट्रेलियाबाट ट्राभल एण्ड टुर सुरु गरेको थिएँ, जसलाई अष्ट्रेलिया नेपाल, न्यु-जिल्याण्ड लगायत अन्य देशमा पनि फैलाउने तयारीमा छु।’
बादलमुनी बागलुङ नामक संस्मरात्मक पुस्तक भर्खरै बजारमा ल्याएको न्यौपाने चलचित्र निर्माता पनि हुन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment