आज शनिबार, कस्तो छ तपाईंको राशिफल?

डिसी नेपाल
१९ पुष २०८२ ६:३२
104
Shares

मेष : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राज्यको तर्फबाट भय बढ्ने जोखिम छ । राजनीतिक क्षेत्रमा भय बढ्नेछ ।

वृष : परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ । बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ । रोगले सताउने छ ।

मिथुन : लगानीबाट फाइदा हुनेछ । मनमा शान्ति प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ । परिवारसँगको सम्बन्ध सुधार हुँदा प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

कर्कट : आकस्मिक लाभ हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । मानसम्मान प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

सिंह : आफन्त भनेका साथीले असहयोग गर्नेछन् । सञ्चित धन खर्च गर्नबाट जोगिनु पर्नेछ । शिक्षाको क्षेत्रमा सफल बन्न मेहनत आवश्यक देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

कन्या : धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । चिकित्सकको परामर्शमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

तुला : निजी क्षेत्रमा गरेको लगानीले मनमा शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार हुने योग छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ ।

वृश्चिक : पठनपाठनमा मन जानेछ । बन्धुसँगको सहकार्यबाट फाइदा हुनेछ । साना कुरामा अल्झिएमा मन अशान्त बन्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन प्रशन्न बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

धनु : सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ । राजनीतिक संगठनमा साथ दिनेको संख्या बहुमत रहेको छ । सहयोगीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने योग छ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

मकर : परिवार र दाजुभाइको साथ प्राप्त हुनेछ । सञ्चित धन ठगको हातमा पर्ने हुँदा सचेत बन्नुपर्नेछ । गरगहना हराउने जोखिम रहेको छ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ ।

कुम्भ : थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । धेरै तर्क गर्दा सम्बन्ध बिग्रिने जोखिम छ । इज्जत राख्नकै लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशी लगानी भए मन प्रशन्न हुनेछ ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च गर्दा खटपटी बढ्नेछ । वक्र बृहस्पति मनमा भएकाले मन अशान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको सुझाव अनुसार अगाडि बढ्नु उपयुक्त हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.