सेलिब्रेटीहरूले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिँदै, केही प्रत्यक्ष चुनाब लड्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक सूचीमा समावेश सेलिब्रेटीहरूले आफ्नो नाम फिर्ता लिन थालेका छन् । गायिका त्रिशाला गुरुङ र अभिनेता तथा निर्माना आसिफ शाहले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।
गुरुङले नाम फिर्ता लिएर व्यसायिक रूपमा चिकित्सा क्षेत्रका साथै गायनमा सक्रिय रहने घोषणा गरेकी छिन् । उनी डाक्टर समेत हुन् । उनी उज्यालो नेपाल पार्टीको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा परेकी थिइन् ।
यसतै चलचित्र कलाकार आसिफ शाहले पनि समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरेका छन् । उनले भने आफु राजनीतिमा सक्रिय रहने स्पष्ट पार्दै समानुपातिकको सट्टा प्रत्यक्ष चुनाब लड्ने र जनतामाझ परीक्षण भएर जाने बताएका छन् । उनले काठमाडौं ५ बाट उम्मेदवारी दिने भएका छन् ।







डिसी नेपाल








Facebook Comment