गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

डिसी नेपाल
२० पुष २०८२ १५:२१
32
Shares

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा सुरू भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसिरहेको मन्त्रालयले जनाएको छ।

बैठकमा देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन गरिने बताइएको छ। त्यस्तै आगामी निर्वाचनको सुरक्षा रणनीतिका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

धनुषामा मस्जिदमा तोडफोड गरिएको विरोधमा वीरगन्जमा भइरहेको प्रदर्शनका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.