जनकपुरधामका विद्यालय थप तीन दिन बन्द

डिसी नेपाल
२० पुष २०८२ १९:१५
736
Shares

जनकपुर जनकपुरधामका सम्पूर्ण सबै सामुदायिक विद्यालयहरु थप ३ दिनका लागि बन्द गरिएको छ

जनकपुरधाम उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै पुस २२ गत्तेसम्मका लागि विद्यालयहरु बन्द रह्ने जानकारी गराएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंबाट अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनि सुचना जारी भएअनुसार बाक्लो हुस्सु तथा सितलहरका कारण बालकालिकाको स्वास्थ्यमा नाकारात्मक असर पर्ने हुँदा विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको सुचनामा उल्लेख रहेको छ उक्त विदा जाडो बिदाबाट कट्टा पनि सुचित गरिएको छ

विगत १ हप्तादेखि जनकपुरधामसहित धनुषाभर चिसो बढेर घर बाहिर निस्कन समेत गाह्रो भएको छ

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.