बारामा चट्याङ लागेर एकको मृत्यु
बारा । बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ।
उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर आज बेलुका सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु साह तेलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।
चट्याङ लागेर आर्दश कोतवाल गाउँपालिका–४ कोइलीडिलका ३० वर्षीय विजय यादव घाइते भएको र उनको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको उनले बताए। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment