‘भाईरल गोर्खे’को प्रचारप्रसार तीव्र, सौगात र सृष्टिले सुनाए अनुभव

डिसी नेपाल
२१ पुष २०८२ १७:५२
24
Shares

काठमाडौं। माघे संक्रान्ति अर्थात माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘भाईरल गोर्खे’ को प्रचारप्रसारलाई तीव्र बनाइएको छ।

सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै मुख्य भूमिकामा रहेको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले फिल्म र आफ्नो पात्रको बारेमा जानकारी गराएका हुन्।

सोही क्रममा अभिनेता मल्लले फिल्ममा एउटा सामान्य गोठालोको कथा रहेको बताए। उनले फिल्ममा गोरखा जिल्लालाई प्रवद्र्धन गर्ने खालको विषयवस्तुहरु पनि राखिएको बताए।

उनले भने, ‘मेरो भूमिका एउटा गोठालोको रुपमा छ। दिनभर गाईभैंसी चराउछ। गोरखालाई प्रवद्र्धन गर्ने खालको विषयवस्तु राखिएको छ। त्यसमा पृथ्वी नारायण शाह त झन् महत्वपूर्ण नै भइहाल्यो।’

साथै, अभिनेत्री सृष्टि श्रेष्ठले कमेडी फिल्म गर्न मन लागिरहेको बेला सुहाउँदो फिल्मको कुरा आएको हुनाले अभिनय गरेको बताइन्।

फिल्मको पात्र आफ्नो वास्तविक पात्रको उल्टो भएको र रमाइलो केही फरक गर्नको लागि पनि फिल्ममा जोडिएको उनको भनाई छ।

म वास्तविक जीवनमा टिकटक खासै चलाउदिन। तर फिल्ममा भने म टिकटक स्टार नै छु। अलिक फरक भूमिकामा छु,’ उनले भनिन्।

सामाजिक सञ्जालमा भाइरल बन्न उद्दत एक साधारण पात्रको कथा फिल्ममा समेटिएको छ। निगम श्रेष्ठ निर्देशित य फिल्ममा सौगात र अभिनेत्री सृष्टिको मुख्य अभिनय छ।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्मित फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला रवि भुजेल र मिस पबीको अभिनय छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *