आफैँलाई गोली हानी मृत्यु

डिसी नेपाल
२१ पुष २०८२ २१:१४
5.7k
Shares

भक्तपुर । मध्यपुरथिमि नगरपालिका६ थिमिमा आफैँलाई गोली प्रहार गरी आज ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ।

ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

आफ्नो घरको कोठामा राईले राइफलबाट गोली हानेको र गोलीको आवाज सुनेर परिवारले घटनाबारे थाहा पाएपछि खबर गरेको उनले बताए। घनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *