युवा संघ अध्यक्ष थेबे युवा परिचालन संयोजक
काठमाडौं। नेकपा एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई निर्वाचन परिचालनको संयोजक तोकेको छ। मंगलबार बसेको एमाले सविचलाय बैठकले थापालाई निर्वाचन परिचालन संयोजक तोकेको छ भने युवा संघका अध्यक्ष क्षितिज थोबेलाई युवा परिचालनको संयोजक तोकेको हो।
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै युवालाई संगठित र सक्रिय रूपमा परिचालन गर्ने महत्वपूर्ण जिम्मेवारी क्षितिज थेबेलाई दिइएको छ। पार्टी नेतृत्वले युवामाझ लोकप्रिय, संगठन निर्माणमा अनुभवी र संघर्षशील नेताका रूपमा परिचित थेबेलाई यो जिम्मेवारी सुम्पिएको हो।
उनले संगठन विस्तार, राजनीतिक प्रशिक्षण, र युवालाई वैचारिक रूपमा सशक्त बनाउने अभियानमा निरन्तर भूमिका खेल्दै आएका छन्। विशेषतः संगठनलाई जरा–जरा सम्म विस्तार गर्न, नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न तथा अनुशासित र जिम्मेवार युवाशक्ति निर्माणमा उनले उल्लेखनीय योगदान दिएका छन्।
पार्टीका अनुसार, आसन्न निर्वाचनमा युवाको भूमिका निर्णायक हुने भएकाले उनीहरूलाई योजनाबद्ध, एकताबद्ध र परिणाममुखी ढंगले परिचालन गर्न आवश्यक छ। यही आवश्यकता अनुरूप थेबेलाई केन्द्रीय स्तरमै युवा परिचालनको समन्वय गर्ने जिम्मेवारी दिइएको जनाइएको छ।
उनको नेतृत्वमा देशभरका युवासंघका संरचनाहरूलाई चुनावी अभियानमा सक्रिय बनाइने, घरदैलो अभियान, मतदाता शिक्षा, सामाजिक सञ्जाल अभियान तथा चुनावी अनुशासन कायम गर्ने कार्यहरू अगाडि बढाइने बताइएको छ।
यसैबीच, क्षितिज थेबे ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिससमेत भएका छन्। स्थानीय तहदेखि केन्द्रसम्म संगठनमा खारिएको अनुभव, युवामाझको स्वीकार्यता र निरन्तर राजनीतिक सक्रियताका कारण उनी प्रतिनिधिसभाको सम्भावित उम्मेदवारका रूपमा अघि सारिएका हुन्। ताप्लेजुङमा उनको सिफारिसले स्थानीय नेता–कार्यकर्तामा उत्साह थपिएको बताइएको छ।
युवा परिचालनको जिम्मेवारी पाएका थेबेले युवालाई राष्ट्र निर्माण, लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका पक्षमा एकताबद्ध गरिने बताएका छन्। उनले भने, “युवाशक्ति परिवर्तनको मूल शक्ति हो। आसन्न निर्वाचनमा युवाको सक्रिय सहभागितामार्फत पार्टीलाई जनताको बलियो विश्वास दिलाउने हाम्रो लक्ष्य हो।







डिसी नेपाल







Facebook Comment