साम्राज्यवादीहरू राजनीति भन्दा बाहिरका मानिसलाई नेपालको शासनसत्ता सुम्पन्न चाहन्छन् : कैलाश ढुङ्गेल

डिसी नेपाल
२२ पुष २०८२ १९:०३
16
Shares

रामेछाप। नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले नेकपा एमाले भदौ २३ र २४ को विनाशकारी घटना पछि बिस्तारै तङ्ग्रिएर अहिलेको अवस्थामा आएको बताएका छन्।

नेकपा एमाले रामेछापको बैठकलाई मंगलबार मन्थलीमा सम्बोधन गर्दै अध्यक्ष ढुङ्गेलले तीन महिना बिचमा एमाले पूर्ववत् अवस्थामा फर्किएको बताए। ‘नेपाली कांग्रेस अहिले बामे सर्दै छ, एमालेले आफूलाई उभ्याएको छ।’ उनले भने।

साम्राज्यवादीहरूले दल ठिक छैनन्, नेता ठिक छैनन्, पार्टी ठिक छैनन् भन्ने भ्रम फिँजाएर आफ्ना पात्रहरूलाई खडा गर्न खोजेका उनले बताए।

‘भाइरल हुनसक्ने मानिसलाई खुसी बनाएर राजनीति भन्दा बाहिरको मान्छेलाई यो मुलुकको बागडोर सुम्पन्न उनीहरू चाहन्छन्, उनीहरू संविधान खतम पारेर प्रत्यक्ष कार्यकारी बनाएर आफ्ना मन्छे ल्याउन सकिन्छ भन्ने आशयका साथ लागेका थिए, त्यसमा असफल भए पछि बहुमत ल्याए भने पनि आफ्ना मान्छेलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर बालेन, रवि र कुलमानलाई जम्मा परेका छन्, ढुङ्गेलले भने।

दललाई कमजोर पारेर सत्ता कब्जा गर्न सकिन्छ भने चुनावमा जानु पर्छ भनेर उनीहरू लागेका ढुङ्गेलले भने। आज क्रमशः मुलुक चुनाव तर्फ गइरहेको बताउँदै उनले संविधान र व्यवस्थालाई कमजोर बनाउनेका विरुद्ध संविधानका पक्षधरहरू एक ठाउँमा उभिनु पर्नेमा उनले जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *