सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बुधबार ४१ सय रुपैयाँले सुनको मूल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो।
यसैगरी चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।
मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment