राष्ट्रिय सभाको निर्वाचन : कोशीमा कांग्रेस-एमाले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता
काठमाडौं। एमाले र कांग्रेस गठबन्धनबाट राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनको तर्फबाट खुल्लामा सुनिल बहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् । कोशीमा एमाले बलियो भएकोले उसले २ सिट लिएको छ। कांग्रेसले भने एक सिट पाएको हो।
एमालेबाट महिलातर्फ रोशनी मेचे र दलितमा सोम पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन्। थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकनमा रेगिना भट्टराई रहेका छन्। मेचेको समर्थकमा सिर्जना राई र प्रस्तावकमा शोभा चेम्जोङ छिन् । यस्तै पोर्तेलको प्रस्तावक छवि चुँडाल र समर्थक एकराज कार्की रहेका छन्।
आज राष्ट्रिय सभाको निर्वाचनको लागि देशभरि नै उम्मेदवारी दर्ता हुँदैछ। मधेश प्रदेशमा भने जसपा नेपालको तर्फबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment