छापियो १० लाख नमूना मतपत्र
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि १० लाख नमुना मतपत्र छपाइ सम्पन्न भएको छ। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा नमुना मतपत्र छपाइ गरेको हो।
नमुना मतपत्र निर्वाचन शिक्षा कार्यक्रमका लागि प्रयोग गरिनेछ। यसका साथै समानुपातिक तर्फको मतपत्र छपाइ सुरू भएको निर्वाचन आयोगले जनाएको छ।
सेतो कागजमा कालो मसी मतपत्रमा प्रयोग हुने बताइएको छ। आयोगले भैपरी आउने अवस्थाका लागि मतदाता संख्याभन्दा १० प्रतिशत बढी मतपत्र छपाइ गर्ने गरेको छ।
यो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकका लागि सरदर २ करोड मतपत्र छापिने आयोगले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment