तोलामा २८ सयले बढ्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो। आज छापावाल सुन २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा दुई लाख ६७ हजार ८०० कायम थियो। यस्तै, चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेको छ।
यससँगै एक तोला चाँदीको मूल्य ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलाको चार हजार ७ सय ८० रुपैयाँ कायम थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment