निर्वाचन आयोगले ‘ढोका’बाट समानुपातिक बन्द सूची लिन नमानेपछि कुलमानले ‘झ्याल’बाट छिराए

डिसी नेपाल
२८ पुष २०८२ १५:३६
10.3k
Shares

काठमाडौं । समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने समय घर्किसकेको भन्दै निर्वाचन आयोगले उज्यालो नेपाल पार्टीको समानुपातिक बन्द सूची लिन अस्वीकार गरेपछि पार्टीका प्रमुख कुलमान घिसिङले आफ्ना नेतालाई समानुपातिक उम्मेदवार बनाउन ‘चोर बाटो’ रोजेका छन् ।

उज्यालो नेपाल पार्टीले रास्वपासँग एकीकरण गरेका कारण पुस १३ र १४ गते तोकिएको मितिमा समानुपातिक बन्द सूची बुझाएको थिएन । उसका उम्मेदवार रास्वपाको सूचीमा समावेश गरिएका थिए । तर, पछि एकता भाँडिएपछि उज्यालोले आफ्नो छुट्टै सूची लिइदिन निर्वाचन आयोगमा निवेदन दिएको भए पनि आयोगले स्वीकार गरेन ।

अब उज्यालोले आफ्ना नेताहरूलाई राष्ट्रिय परिवर्तन पार्टीको समानुपातिक सूचीमा घुसाएको छ । समानुपातिक उम्मेदवारको नयाँ सूची बुझाउने समय बितिसकेको भए पनि बुझाइसकेका दलले नाम थपघट गर्ने समय भने आजसम्म थियो । त्यही मौकाको फाइदा उठाउँदै उज्यालो नेपाल पार्टीका २० भन्दा धेरै नेतालाई राष्ट्रिय परिवर्तन पार्टीको सूचीमा घुसाइएको हो । परिवर्तनले निर्धारित मितिमै समानुपातिक बन्द सूची बुझाएको थियो ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *