प्रचण्ड-माधवले प्रसाईँसँग लिए शपथ

डिसी नेपाल
२९ पुष २०८२ १४:५८
2.9k
Shares

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले शपथ लिएका छन् । संयोजक प्रचण्ड र सहसंयोजक नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिएका हुन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँढामा आयोजित उक्त कार्यक्रमा केन्द्रीय सदस्यहरुले पनि शपथ लिएका छन् । केन्द्रीय सदस्यहअरुलाई संयोजक प्रचण्डले शपथ गराएका छन् ।

केन्द्रीय समितिमा तत्कालीन माओवादी केन्द्रबाट ६० प्रतिशत सदस्यहरु समावेश गरिएको छ । बाँकी ४० प्रतिशतभने तत्कालीन एकीकृत समाजवादीसहित एकता प्रक्रियामा आएका १७ राजनीतिक दल रहेका छन् । नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय सदस्यलाई प्रचण्डले शपथ गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.