No ads found for this position
No ads found for this position

पिएसजीविरुद्ध नयाँ खेलाडीलाई उतार्दै रियल मड्रिड

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ १२:५१
No ads found for this position

काठमाडौं। रियल मड्रिडले यो समरमा नयाँ खेलाडी ल्याउनको लागि ३०५ मिलियन युरो खर्च गरेको छ । तर, ती खेलाडीलाई सुरुमै अवसर नदिएका कारण फ्यानहरुले रियलको आलोचना गरिरहेका छन् । अहिलेसम्म रियलले पहिलो रोजाइको टिममा इडेन हजार्डलाई मात्र प्राथमिकताका साथ स्थान दिएको छ ।

मड्रिडमा फ्यानहरुको मनमा अहिले डर छ किनकि ४ वर्षमा गत सिजन रियलले पहिलो पटक च्याम्पियन्स लिग जितेन । रियल गत सिजन ला लिगामा पनि लज्जास्पद रुपमा ठूलो अन्तरले तेस्रो स्थानमा रह्यो । उनीहरुसँग अहिले क्रिस्टियानो रोनाल्डो पनि छैनन् । यस्तोमा आजको रातले मड्रिडमा नयाँ आएका खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर दिने भएको छ ।

आज पिएसजीविरुद्ध हुने खेलमा इडेन हजार्डसँगै फरल्याण्ड मेन्डी र इडर मिलिटाओ खेल्ने निश्चित भएको स्पेनिस मिडिया मार्काले लेखेको छ । यी तीनै जना यसै सिजन रियल आएका हुन् । बायर्न म्युनिकबाट २ वर्षको लोनपछि यसै जिन फर्किएका जेम्स रोड्रिग्वेज पनि आज खेल्नेछन् । यसै सिजन पिएसजीबाट लोनमा रियल भित्रिएका अल्फोन्से एरिओला लुका जोभिक र रोड्रिगो गोज भने बेन्चमा रहने बताइएको छ ।

ब्राहिम डियाज प्रशिक्षक जिनेदिन जिदानले रुचाउने खेलाडी हुन् । तर, उनी चोटबाट पूरै फिट नभएकोले आज नखेल्ने बताइएको छ । मारियानो डियाज भने जिदानको योजनामै नरहेकोले उनी पनि बेन्चमै रहनेछन् । डिफेन्समा फरल्याण्ड मेण्डीले भिल्लारियलविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यसमाथि मार्सेलो समेत घाइते भएकोले मेण्डी खेल्ने निश्चित छ । डिफेन्समा मेण्डीसँगै इडर मिलिटाओ हुनेछन् । सर्जियो रामोस र नाचो फर्नान्डेज अघिल्लो सिजनदेखिकै प्रतिबन्धका कारण खेल्न पाउने छैनन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *