विशेष महाधिवेशन पक्षसँग निरन्तर छलफल भइरहेको छ : एनपी साउद
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर छलफल भइरहेको छ।
पार्टीलाई एकताबद्ध गर्ने प्रयास स्वरुप वार्ता भइरहेको नेताहरुले जनाएका छन्। केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका कांग्रेस नेता एनपी साउदले दुई पक्षको छलफल चलिरहेको र पार्टीलाई फुटबाट जोगाउने प्रयास भइरहेको जानकारी दिए।
छलफल टुङ्गिएपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने उनले बताए। उनले केहि विषयमा दुबै पक्ष सहमति नजिक पुगेको र केहि विषयमा अझै पनि छलफल जारी रहेको धारणा राखे। नेता साउदले विधानको दायरालाई सम्मान गर्दै वार्तालाई निष्कर्षमा पुराएर पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए।
उनले कांग्रेसको प्रजातान्त्रीक संस्कृति अनुसार नै अर्को पक्ष पनि सहमतिमा आउने विश्वास व्यक्त गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment