मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त

डिसी नेपाल
२९ पुष २०८२ १९:२३
16
Shares

जनकपुर। मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा सुनिल रंजन सिंह नियुक्त भएका छन्।

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा मंगलबार डा. सिंहलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेका छन्।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम आजदेखि लागू हुने गरी सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१४ निवासी डा. सिंहलाई मुख्य न्यायाधिवक्ताको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयलद्वारा जारी विज्ञप्तीमा उल्लेख रहेको छ।

नव नियुक्त मुख्य न्यायाधिवक्ता डा. सिंहले प्रदेश सरकारका तर्फबाट कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै प्रदेश सरकार संलग्न मुद्दामा सरकारको प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *