कविता : व्यर्थको चिन्ता

शंकरप्रसाद रिजाल
३ माघ २०८२ ७:३०
120
Shares

चिन्ता किन गर्ने किन ब्यर्थ डराउने
जन्मिँदा किन खुसी मृत्युमा किन रुने।

जे भयो त्यो सबै राम्रो नभएपनि ठिकै
ल्याएको के नै थियो, जानेपनि हो रित्तै।

हिजो के थियो हाम्रो आज के छ र साथमा
भोलि के हुने हो र जानु पर्दछ अन्तमा।

सृष्टिनै के गर्यौं हामीले के नाश हुने होर
के जम्मा गर्ने खोइ के आफ्नो हुने होर।

खाली हात जन्मे थियौं खालीनै भई जाने हो
यो शरीर अन्त्यमा चितामा डढी जल्ने हो।

तिमीले के पाउने हो हराएको नै के थियो्
पाउने हराउने केही छैन हो यो खेल प्रभुको।

आज मेरो भोलि तिम्रो पर्सि हुन्छ अर्कैको
बुझ लौ सबै मानव घुमिरहन्छ घडी सुईको।

अंक मेरो भन्ने सुईले पल्लोमा सरी हाल्दछ
यसरी नै चलिरन्छ जीवन मृत्यु अदृश्य छ।

मन दुःखी हुने कारण चिन्तामै नित्य डुबने
करोडौंको मालिकपनि चिन्तामै रही घुमीरने।

तेरो मेरो ठूलो सानु यी सब मनका बिकार हुन्
को सानु को ठूलो हो र यही नै अभिमान हुन्।

ज्ञानी बनी तिमी हेर सबै समान पाउँछौ
आत्मा अजर अमर छ तिमी किन डराउँछौ।

डरको सामना गर न जाउ डरदेखि पर
कायरले केही गर्दैन पछि पर्दछौ पर पर।

हर्षमा हाँसने होइन शोकमा नरुने गर
निस्काम कर्ममा लाग परिमाण ममा छोड।

कर्तब्य गरी राख नसोच अधिकारको
इच्छाहीनले बनाउँछ चिन्ताहीन स्वभावको।

भज कृष्णको नाम कर्म गर्दापनि सधैं
सम्झ मीराको नाम अप्ठ्यारोमा सधैं।

गीतामा लेखिएको कुरा सधैं मनन गर
त्यस भित्रका उपदेसहरु पालन गर्ने गर।

को ठूलो को सानु

को ठूलो हुन् को सानु हुन् विश्वमा सब एक हुन्
विश्वलाई बनाउने र निर्माण गर्नेमा सब एक हुन्
सबै सुख दुःखका साथी सबै मानिस रुपी फूल हुन्
कुन हो राजा कुन हो प्रजा सबै कर्मका भागी हुन्।

जीबनको यो एक यात्रा सबैजना यात्री हुन्
कुन हो धनी कुन हो गरीब सबै एकै त हुन्
यो जीवनको खेलमा सबैजना खेलाडी हुन्
कुन हो बिजेता कुन हो पराजिता सबै एक हुन्।

जीवन एक सपना हो सबैजना सपनादर्शी हुन्
कुन हो सफल कुन हो असफल सबैजना एक हुन्
जीवन एक पुस्तक हो सबैजना पृष्ठ हुन्
कुन हो लेखक कुन हो पाठक सबैजना एक हुन्।

जीबन एक संगीत हो सबैजना सुर हुन्
को गायक को बादक सबैजना एक हुन्
सानोमा सानो दाँज्दा त्यो ठूलो हुने नै भयो
ठूलोमा ठूलो दाँज्दा त्यो सानो हुने नै भयो।

मुसा भन्दा ठूलो हात्ती त्यो बुढोमा मुसा सरी
कमिला भन्दा ठूलो मुसा त्यो बुढोमा कमिला सरी
हिजो सानो भइ हिँड्ने त्यो ठूलो आज किन बन्दछ
हिजो ठूलो भनी हिँड्ने सडकमा किन आउँछ।

ईश्वरको सृष्टिमा मानिस सब एक समान हुन्
नगरे घमण्ड हे मानिसहरु हो आत्मा सब एक हुन्
कर्मको रुपमा नै मानिस ठूलो सानु बन्दछ
बचन र ब्यबहारले नै ठूलो सानु कहलाउँदछ।

अन्त्यमा बिचार हो ठूलो ब्यबहारले देखाउँछ
मिठो नरम बोली बोल्ने त्यो सर्बत्र झल्मलाउँछ
संसारमा कुनै छैन सानो ठूलो जुनैपनि
हेरेर सब ल्याउँदा सबै समान छन् कुनैपनि।

छलकपट

छलकपट जीवनको एक चालबाजी हो
कपटको जीबनमा रंगिएको समय हो
सच्चायिको खोजमा भट्किएको जीवन हो
भित्र आफैं भित्र छटपटाएको प्रेतात्मा हो।

छलकपट मुखमा मिठो बोली मनमा बिष हो
मुखमा राम राम हो भने बगलीमा छुरा हो
छलकपटले बाहिरी जीवनमा चहलपहल ल्याउँछ
कपटको रंगमा रंगिएको चालले भित्र चिन्ता गराउँछ।

छलकपटको चालमा सच्चाइको शक्ति हराउँछ
कपटको जितमा जीवनको जीत र साथ हराउँछ
असल कामको जन्म नभई खराब नियत देखाउँछ
मुखमा राम राम जे भएपनि भित्र कपटता देखाउँछ।

कपटता मनको बुद्धि मुर्ख बुद्धिको चाल हो
यसको जीत कहिले हुन्न यो मुर्खको कपट हो
राम्रो मनको भावमा फूल मरुभूमिमापनि फुल्दछ
छल र कपटको भावको फूल अमृतमापनि मर्दछ।

नलेउ छलकपटको भाव भित्र भित्रै डढाउँछ
आफन्तहरुपनि अन्तमा कता कता हराउँछ
बाँचेपनि त्यसले सुख पाउँदैन यो जुनीमा
मरेपछिपनि त्यल्ले पुनर्जन्म लिन्छ गोहीमा।

भौतिक बिज्ञान र परा भौतिक ज्ञान

भौतिक बिज्ञान र पारा भौतिक ज्ञान,
दुई जगतको यात्रा हो।

एक प्रकृतिकोे अध्ययन हो भने,
अर्को अस्तित्वको धारा प्रवचन हो।

भौतिक विज्ञानले देख्छ पदार्थ र ऊर्जा
परा भौतिक ज्ञानले खोज्छ जीवनको
मर्म,मूल्य र अर्थहरु।

एक प्रयोग गर्छ भने अर्को बिचार गर्छ,
एक उत्तर खोज्छ भने अर्को प्रश्न खडा गर्छ।

भौतिक बिज्ञानको सीमा छ नियम र तथ्य,
पारा भौतिक ज्ञानको सीमा छ अनन्त र अज्ञात,
यी दुई जगत र दुई दृष्टिकोण, एक बाहिर देख्छ
भने अर्को भित्र भित्र जान्छ आफ्नो गहिराइमा।

दुवै बिज्ञान र ज्ञान एक अर्काका पूरक हुन्,
दुवै मिलेर मानिसको जीवन पूर्ण र उत्तम बन्छ।
यो जगतमा दुवैको अति मूल्य छन्,
एकले भौतिक विज्ञानको प्रगति दिन्छ भने
अर्कोले जीवन दर्शनको ब्याख्या गर्दछ।

एकले बाहिरी जीवन बनाउँछ भने, अर्कोले
आन्तरिक जीवनलाई भित्रैदेखि जागृत गराउँछ।

दुवै बिज्ञान र ज्ञान नदीका दुई किनारा हुन्,
एकै सागरका दुई भिन्न किनारा हुन्,
आखिर एकै ठाउँमा गइ मिल्दछन्,
दुबैको समन्वयमा जीवन पूर्ण रहन्छ,
सन्तुलनमा रहन्छ र अस्तित्वमा रहन्छ,
सन्तुलनमा रहन्छ र अस्तित्वमा रहन्छ।

भ्रष्ट नेताको चित्रण

पहिले पिपलको पात जस्तो शुद्ध,
बन्न पुग्यो बागको दाँत जस्तो क्रुद्ध
जनताको नाममा गर्छन् ठूलो भाषण
तर आफ्नै हितको लागि मात्र गर्छन् शासन।

सत्ताको मदमा चूर भई भुल्छन् सब जनता,
लिन्छन् घुस, गर्छन् अनेक अनुचितता,
छैन केही मानवता, बन्छन् अराजकता
भयंकर जर्जरता,जनतालाई बनाउँछन् रुष्टता।

प्रेसलाई दबाउँछन् विरोधीलाई खेद्छन्
जनताको आवाजलाई नसुनी दबाउँछन्
पहिलेको आदर्श माथि खेल्दै बनाउँछन् धुलो
भ्रष्ट नेताको चित्रण हो यो छ मूल मुलो।

उनीहरुको बाणी अमृत जस्तो गर्छन्, तर
तर कर्ममा बिष छिपाउँछन्,
जनताको आँखामा धुलो हाल्छन्
आफ्नो स्वार्थमा सबैलाई चाल्दछन्।

देशको सम्पत्ति लिन्छन् चोरी चोरी
जनताको पसिना लिन्छन् मुरी मुरी
उनीहरुको शासन, छ अन्धकार
जनता भोग्दैछन् यस्तो सरकार।

चिनारी भ्रष्ट नेताको यस्तै हुन्छपनि अरु
यस्तै हुन्छन् यस्तै गर्छन् यी काला गोहीहरु
बिस्तारै यी भ्रष्टहरुले आफ्ना झोले बनाए
र आफ्ना सबै झोलेलाईपनि भ्रष्ट मै रंगाए।

जनताले जागनु पर्छ समय छ अझै पनि
समय बितिगएमा फेरि पाउन्नौ कतैपनि
खोइ देशमा राज-नेता खोजौं न अहिलेनि
नत्र हुन्छ बिनास अब देशमा जहिलेपनि।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.