No ads found for this position
No ads found for this position

क्रिस्टियानो रोनाल्डो मोडमा करिम बेन्जेमा

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ भदौ २०७६ १३:११
No ads found for this position

काठमाडौं। रियल मड्रिडमा करिम बेन्जेमा एकमात्र त्यस्ता खेलाडी देखिएका छन् जो क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि उनको ठाउँ पूरा गर्न अगाडि बढेका छन् । रोनाल्डोले लस ब्लांकोसको लागि ४३८ खेलमा ४५१ गोल गरेपछि रियल छाडेर युभेन्टस गएका थिए । रोनाल्डोको गोल औसत रियल मड्रिडको इतिहासमा कुनै पनि खेलाडीको सर्वोच्च गोल औसत हो ।

ग्यारेथ बेललाई रोनाल्डोको विकल्प हुने ठानिएको थियो तर गत सिजन उनले आफ्नो प्रदर्शनले निराश पारे । तर, बेन्जेमाले भने ला लिगा सान्ट्याण्डरका पछिल्ला १४ खेलमा १४ गोल गरेका छन् । मार्च १० पछि उनले प्रतिखेल १ गोलको औसतमा गोल गरेका छन् जसका कारण उनी जिनेदिन जिदानको पहिलो रोजाइको स्ट्राइकर बनेका छन् ।

बेन्जेमाले गत सिजन कूल ३० गोल गरे जुन उनको दोस्रो उत्कृष्ट प्रदर्शन थियो । यसअघि उनले जोसे माउरिन्होको प्रशिक्षणमा २०११–१२ सिजनमा ३२ गोल गरेका थिए । यस सिजन पनि ला लिगा सान्ट्याण्डरमा उनले उत्कृष्ट प्रदर्शन गरेका छन् । यस सिजन उनले ४ खेलमा ४ गोल गरिसकेका छन् । उनको लस ब्लांकोसमा गोल औसत ०.४८ छ जुन यसअघि लियोनमा हुँदाको उनको औसत ०.४५ भन्दा केही बढी हो ।

सान्टियागो बेर्नाबेउमा १० वर्ष बिताउँदा बेन्जेमा चर्चित ‘बीबीसी’मध्येका एकमात्र खेलाडी हुन् जसले अहिलेसम्म रियलका लागि आफ्नो गोलले योगदान दिइरहेका छन् । बीबीसीमध्येका बेलले गत सिजन निराश बनाए भने क्रिस्टियानो रियल छाडेर गइसकेका छन् । बेलले यो सिजन प्रभावशाली सुरुवात गरे पनि उनका विषयमा जिदान अझै आश्वस्त हुन सकिरहेका छैनन् । जिदानले आफ्नो आक्रमण बेन्जेमा र चेल्सीबाट आएका इडेन हजार्डमा केन्द्रित रहने बताइसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *