आत्मअनुशासन र निष्ठाबाटै सुसंस्कृत समाज निर्माण हुन्छ : नेता पाण्डे

डिसी नेपाल
३० पुष २०८२ २०:००
76
Shares

काठमाडौं । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आत्मअनुशासन र निष्ठाबाटै समाज सुसंस्कृत हुनसक्ने बताएका छन्।

आज नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी विद्यापीठ अन्तर्गत सञ्चालित तीनधारा संस्कृत छात्रावासको आयोजनामा पूर्व सुपरिवेक्षक सम्मान कार्यक्रममा उनले आत्मअनुशासन, निष्ठा र सुसंस्कृत आचरणले मात्र सभ्य समाज निर्माण सम्भव हुने बताए।

पाण्डेले संस्कृत र अङ्ग्रेजी भाषा दुवैमा दक्षता हासिल गर्न सके विश्वका जुनसुकै स्थानमा गए पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिने धारणा व्यक्त गरे। कार्यक्रममा वाल्मिकी विद्यापीठका प्राचार्य प्रा अच्युत लामिछानेले संस्कृत शिक्षाले राजनीति, साहित्य, प्राध्यापन, प्रशासन र सांस्कृतिक क्षेत्रमा सक्षम जनशक्ति उत्पादन गर्दै आएको बताए।

वरिष्ठ पत्रकार तथा विश्लेषक पुरुषोत्तम दाहालले तीनधारा संस्कृत छात्रावास नेपालको राजनीतिक व्यक्तित्व निर्माण, साहित्यिक योगदान र सांस्कृतिक चेतनाको महत्वपूर्ण केन्द्र भएको धारणा राखे।

कार्यक्रममा तीनधारा संस्कृत छात्रावासका पूर्व सुपरिवेक्षकलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा विद्यानाथ उपाध्याय, नीलमणि ढुङ्गाना, पुरुषोत्तम दाहाल, रामचन्द्र गौतम, रामहरि ढकाल, यतिराज भट्टराई, धुव्रप्रसाद ज्ञावली, अर्जुनबाबु दाहाल र रवीन्द्र न्यौपाने रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.