बागमती मन्त्रिपरिषद् बैठक : निजामती सेवा नियमावली लोक सेवा आयोगमा पठाउने

डिसी नेपाल
३० पुष २०८२ २२:४७
68
Shares

मकवानपुर। बागमती मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ।

सरकारका प्रवक्ता एवं प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार बैठकले प्रादेशिक कृषि थोकबजार सञ्चालनसम्बन्धी मस्यौदालाई स्वीकृत गरेको छ। विज्ञान प्रविधि नवप्रवर्द्धन विकास कोष सञ्चालनको मस्यौदा २०८२ लाई सो बैठकले अनुमोदन गरेको छ।

प्रदेशको विभिन्न मन्त्रालयबाट सिफारिस भई आएको राष्ट्रिय गौरवको आयोजना र बहुवर्षीय योजनालाई तत्काललाई कार्यान्वयन ल्याउन आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बजेट विनियोजित गर्न स्वीकृत प्रदान गरेको सरकारको प्रवक्ता प्रभात तामाङले जानकारी दिए।

यसैगरी, सो बैठकले प्रदेशका सांसदहरूको स्वकीय सचिवको तलवभत्ता सुविधासम्बन्धी समस्यालाई लिएर निकास दिन प्रदेश ऐनको मातहतमा रहेर कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता प्रभात तामाङ बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *