सुर्खेतका निबर्तमान सांसद तथा पूर्वमन्त्रीले गरे फागुन २१ को चुनाब नलड्ने घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री हृदयराम थानीले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन् । उनी विघटित प्रतिनिधि सभामा सुर्खेत क्षेत्र नम्बर २ बाट सांसद समेत थिए ।
उनले आफू उम्मेदवार नबन्ने घोषणा गरे पनि फागुन २१ मा हुने निर्वाचन भने सम्पन्न गर्नुपर्ने बताएका छन् । थानीले आफ्नो स्वास्थ्यलाई समेत कारण देखाउँदै आगामी चुनाब नलड्ने घोषणा गरेका हुन् ।
सुर्खेत क्षेत्र नम्बर २ बाट आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि कांग्रेसको तर्फबाट उनको नाम समेत सिफारिस भएको छ । ६५ वर्षीय थानी २०५६, २०७० र २०७९ मा चुनाब जितेर सांसद भएका थिए । उनी पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री समेत हुन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment