धरान उपमहानगर प्रमुख राई सम्मानित

डिसी नेपाल
१ माघ २०८२ २०:१३
60
Shares

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई यलम्बर हाङ स्मृति पुरस्कारबाट सम्मानित भएका छन्।

किरात राई यायोक्खाद्वारा किरात यले सम्वत् ५०८६ को अवसरमा आयोजित कार्यक्रममा उहाँलाई नगर विकास र श्रमदानसहित सांस्कृतिक अभियान सञ्चालनको भूमिकाको कदर गर्दै सम्मान गरेको हो।

उपमहानगरपालिका प्रमुख राईलाई रु दुई लाख २५ हजार ५५५ र सम्मानपत्रसहित पुरस्कारले सम्मान गरिएको छ। सम्मान ग्रहण गर्दै उनले आफू सधैँ श्रममा विश्वास गर्ने बताए।

‘म श्रम र कर्ममा विश्वास गर्छु । साकेला सिली पनि श्रम नै हो जस्तो लाग्छ। धान रोप्ने, काट्ने, कोदो रोप्ने जस्ता कृषि कर्महरू हाम्रो पिता पुर्खादेखि चलिआएका अभ्यास हुन्’, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *