कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने-कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिन्छौं

डिसी नेपाल
२ माघ २०८२ १३:०६
1.2k
Shares

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका छन्।

शुक्रबार निर्वाचन आयोगमा आफ्नो आधिकारिकता दाबीका लागि पुगेका नेपाली कांग्रेसका नेताहरूसँगको कुराकानीका क्रममा उनले आयोगले कुनै पनि विषयमा अध्ययन र विश्लेषण गरी संस्थागत परम्परा अनुरूप निर्णय लिने बताएका हुन्।

‘विधि, पद्दति छ, संविधान छ, ऐन, कानून, नियम छ यसको परिधिभित्र रहेका निर्वाचन आयोगले अध्ययन विश्लेषण गर्ने हो। निर्वाचन आयोगले विधि र पद्दतिभन्दा बाहिर गएर निर्णय गर्दैन। हाम्रो संस्थागत परम्परा छ,’ उनले भने।

आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर कुनै निर्णय नगर्ने उल्लेख गर्दै भण्डारीले निर्वाचन आयोगको आफ्नै संस्थागत परम्परा रहेको दाबी गरे।

भण्डारीले निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आफ्ना कार्यतालिकाहरु प्रकाशित गरेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्न आग्रह समेत गरे।

‘निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्ने उद्देश्यले आफ्ना कार्यतालिकाहरु प्रकाशित गरेको छ, ती कार्यक्रमहरुमा यहाँहरु सरिक भएर सहयोग गर्दै निर्वाचन सम्पन्न गर्नुहुन्छ भन्ने कुरामा निर्वाचन आयोग विश्वस्त छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *