दुर्घटना न्यूनीकरण विशेष अभियान : आज १९ हजारलाई विशेष सचेतना कक्षा

डिसी नेपाल
२ माघ २०८२ २२:४९
8
Shares

काठमाडौं । सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ अन्तर्गत आज सातौँ दिन ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम सञ्चालन गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले आज १९ हजार ८१४ जना सडक प्रयोगकर्ताहरू सचेतना अभियानबाट लाभान्वित भएको जानकारी दिए। त्यसैगरी १० हजार ८०४ जनालाई पर्चा पम्प्लेट वितरण गरिएको तथा सडक सचेतनासम्बन्धी तीन हजार ३१ स्टिकर टाँस गरिएको उहाँले बताए।

गत पुस २६ गतेदेखि सुरु भएको ट्राफिक सप्ताह भोलि माघ ३ गतेसम्म सञ्चालन हुनेछ । सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटनाको रुप लिन सक्छ भन्ने यथार्थलाई आत्मसाथ गरी सुरक्षित सडक संस्कारको विकास गर्दै सडक दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको सुवेदीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.