अप्राकृतिक र सत्ताकेन्द्रीत चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले कुनै पनि किसिमको अप्राकृतिक र सत्ताकेन्द्रीत गठबन्धन नगर्ने निर्णय गरेको छ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने र सँधै मूल्य र सिदान्तमा अडिक रहने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनले भने, ‘कुनै अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रीत गठबन्धन हामी गर्नेवाला छैनौं भन्ने प्रतिबद्धता फेरी पनि हामीले गरेका छौं। हामी सँधै मूल्य र सिदान्तमा अडिक रहने छौं। संविधानको रक्षा गर्दै,नव युवाको आंक्षाको प्रतिनिधित्व गर्दै जनताको अपेक्षा पूरा गर्ने दृढता व्यक्त गर्ने निर्णय गरेका छौं।’
उनले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता कार्यकर्तालाई अपिल गर्ने निर्णय भएको पनि जानकारी दिए। उनको अनुसार बैठकले देश र विदेशमा रहेका सबै कांग्रेसजनहरुलाई फागुन २१ गतेको निर्वाचनमा सरिक हुन र सक्रियतापूर्वक लाग्न आव्हान गरेको छ।
निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीलाई पुराएको योगदान उच्च मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय समेत गरेको उनले बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment