जनचेतनाका लागि बाथरोग जागरण अभियान सुरु, दुई प्राध्यापक सम्मानित

डिसी नेपाल
३ माघ २०८२ १९:३६
24
Shares

काठमाडौं। नेशनल बाथरोग सेन्टर तथा बद्री तीर्थ आर्थाराइटिस समाजले बाथरोग जागरण अभियान २०८२को सुरुवात गरेको छ। सोही अवसरमा दुई जेष्ठ प्राध्यापकहरूलाई सम्मानित पनि गरेको छ। सम्मानित व्यक्तित्वलाई ‘तीर्थानन्द बैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो।

शुक्रबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि कामनपा वडा नं. ८ का अध्यक्ष आशामान संगतले भौतिकशास्त्रका प्राध्यापक जयश्री मल्ल अमात्य र गणित विषयका प्राध्यापक धनकुमारी थापालाई अवार्ड प्रदान गरे। अवार्डका साथ नगद राशि पनि प्रदान गरिएको थियो।

बाथरोग सेन्टरले ‘स्वस्थ र सुन्दर जीवनका लागि सुमधुर संगीत’ मूल नारासहित सांगीतिक संस्था कुटुम्बसँग सहकार्य गर्दै बाथरोग जागरण अभियानको सुरुवात गरेको जनाइएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि आशामान संगतले आयोजक संस्थाले संगीतको माध्यमबाट स्वास्थ्य सचेतनाको जागरण गरेर आफैंमा प्रशंसनीय र राम्रो काम भएको बताउँदै ८ नम्बर वडामा पनि अभियानको स्वागत गर्न आफू आतुर रहेको बताएका थिए। उनले यो अभियानलाई सर्वत्र फैलाउनु पर्नेमा जोड दिए।

सेन्टरका अध्यक्ष बाथरोग विशेषज्ञ डा. विनीत बैद्यले बाथरोगबारे आम नागरिकमा जानकारी पुर्‍याउनु पर्नेमा जोड दिँदै रोगको लक्षण र पहिचानबारे जागरण अभियानमा जानकारी गराइँदै आएको बताए । उनले आफूहरुले यो कामलाई सर्वत्र फैलाउन चाहेको बताउँदै त्यस कारण पनि संगीत र स्वास्थ्यलाई जोडेको बताए।

बाथरोगका विशेषज्ञ डा. सुदीप कर्माचार्यले बाथरोगले शरीरका धेरै भागमा असर गर्नसक्ने भएकोले यसतर्फ सचेत हुन आग्रह गरे । उनले बाथरोगको समयमा नै उपचार गराउनु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा जेष्ठ प्राध्यापक समाजका महासचिव प्रा. सिद्धि कोइराला, सम्मानित प्रा. जयश्री मल्ल, प्रा. धनकुमारी थापाले सेन्टरले गरेको कामको प्रसंसा गरेका थिए।

कार्यक्रमकी सभापति एवम् समाजकी अध्यक्ष बद्री लक्ष्मी बैद्यले बाथरोग सम्बन्धि जागरण अभियानले सबैलाई सहयोग पु¥याउने आशा गरेको बताउँदै बाथरोग सेन्टरको स्थापनाका विषयमा आफ्नो धारणा राखेकी थिइन्।

उक्त अवसरमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बाथरोगको जनचेतना अभिवृद्धिका लागि आफूहरूले हरेक वर्ष माघ महिनामा विशेष कार्यक्रम गर्दै आएको जानकारी दिए। कार्यक्रममा अभियानलाई सहयोग गर्नेहरूलाई कदरपत्र प्रदान गरियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.