योगेश भट्टराई र ज्ञानेन्द्र शाहीको बीचमा गगन थापा घुसेपछि…

डिसी नेपाल
३१ भदौ २०७६ १६:३५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले ज्ञानेन्द्र शाहीलाई कास्की जिल्ला प्रवेशमा रोक लगाउने नेपाल युवा संघको निर्णयप्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता थापाले गल्ती गर्नेलाई निषेध गरेर नभई विधिले बाँध्नु पर्ने सुझाव दिए । उनले लेखेका छन्, ‘ कमरेड ! यो लोकतान्त्रिक गणतन्त्र नेपाल हो। ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि यहाँ स्वतन्त्रपूर्वक हिंड्न पाउँछन। आफ्नो विचार राख्न पाउँछन। गल्ती गर्नेलाई विधिले बांध्ने हो निषेध गर्ने होइन।’

साथै नेता थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन युवा संघले जारी गरेको विज्ञप्ति राख्दै सरकारको मति र ‘अरिङगाल प्रवृत्ति’ मा सुधार गर्न समेत सुझाए । उनले भने, ‘सरकारको गति र मति ठिक पार्नुहोस् आफ्नो ‘अरिङगाल प्रवृत्ति’ छोड्नुहोस् परिवर्तन विरोधी तत्व आफै परास्त हुन्छन्।’

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई नेकपाको कास्की जिल्ला युवा संघ र वाइसीएल नेपालले कास्की प्रवेशमा निषेध गरिएको विज्ञप्ति जारी गरेका थिए। शनिबार नेपालगञ्ज विमानस्थलमा ज्ञानेन्द्र शाहीको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व्यवहार गरेको थियो । मन्त्री भट्टराईका कारण विमान उडानमा ढिलो भएको भन्दै उनीहरुले होहल्ला गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *