समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

डिसी नेपाल
५ माघ २०८२ ७:०१
28
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन्।

उनले सोनाम ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “तामाङ समुदायको महान पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु।”

राष्ट्रपति पौडेलले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजबाट बृहत राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *