बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु : अमरेशकुमार सिंह

डिसी नेपाल
५ माघ २०८२ १६:२०
196
Shares

काठमाडौं। निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशको नायक रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भएको भन्दै महानयक बालेन शाह भएको दाबी गरेका छन्।

सोमबार रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका उनले देश अहिले बालेनमय भएको भन्दै उनलाई प्रधानमन्त्री बनाउँदा शहीदको सपना र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिने धारणा राखे।

उनले भने,‘बालेन शाहलाई प्रधानमन्त्री बनायौं भने सहीदको सपना साकार गर्न र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिन्छ। त्यसलै बालेनलाई जिताउन आवश्यकता छ। जेनजी आन्दोलनको तमाम शहीदहरुको साक्षी राखेर घोषणा गर्न चाहन्छु कि देश बालेनमय भएको छ। यो देशको नायक रास्वपाका रवि लामिछाने हुन भने महानायक बालेन शाह हुन्।’

त्यस्तै उनले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने दाबी गर्दै बालेन प्रधानमन्त्री नबने जनकपुरको रणभूमिमा आत्मदाह गर्ने समेत घोषणा गरे।
उनले भने, ‘हामी सीता माताका सन्तान हौं। बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *