काठमाडौं १ एमालेबाट रेग्मीको उम्मेदवारी

डिसी नेपाल
६ माघ २०८२ १४:१८
304
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता मोहनराज रेग्मीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन्।
उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन्। अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ।

सोही क्रममा उनले मिडियाबाजी गरेर जनताको कुरा नबुझिकन बाहिरको भरमा चुनाव जित्न नचाहेको भन्दै तलसम्म समस्या बुझेर अगाडि बढ्ने बताए। उनले भने, ‘सिंहदरबार जलेको छ । त्यसको निर्माणको लागि पनि मेरो उम्मेदवारी हो। हामी मिडियाबाजी गरेर जनताको कुरा नबुझिकन बाहिरको भरमा चुनाव जित्न चाहँदैनौं। समस्या के हो तलसम्म के छ, हाम्रो आधार के हो त्यो कुरा हामीले बुझ्नुपर्छ।’

आज जुन विकास भएको छ त्यसमा एमालेको भूमिका सबैले बुझ्नुपर्ने भन्दै नेकपा एमालेबिनाको समृद्धि सम्भव नभएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *