इलाम १ मा ३५ वर्षीय राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी
इलाम। इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निष्कल राईले मनोनयन दर्ता गराएका छन्। सूर्योदय नगरपालिकाको भवन फिक्कलमा रहेको निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।
मनोनयन दर्तापछि उनले भने पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै जनताको सेवामा दृढ भएर लाग्ने राईले बताए।
३५ वर्षीय राईले युवा अनुभवबाट पार्टीको प्रतिनिधित्व गर्दै इलामको आवाजलाई केन्द्रमा पुर्याउने पनि बताए।
शंकरदेव क्याम्पस काठमाडौंबाट व्यवस्थापन संकायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन्।
राजनीतिसँगै उनी अध्यापन पेशामा पनि आबद्ध थिए। शंकरदेव क्याम्पस, काठमाडौंमै लामो समय अध्यापन गराएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्।
स्कूल–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी संघ केन्द्रको विभिन्न जिम्मेवारीमा बसेर संगठनात्मक जिम्मेवारीमार रहेर अनुभव लिइसकेका छन्।
सोही क्षेत्रमा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले पनि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका छन्। उनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन्। त्यस्तै एमालेबाट काजीमान कागतेले उम्मेदवारी दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment