उम्मेदवारी दर्तापछि प्रदीप पौडेलले भने- हामी परिवर्तनको पक्षमा छौं

डिसी नेपाल
६ माघ २०८२ १५:५६
60
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन्। मंगलबार पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि उनले नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको बताए। उनले अब निर्वाचनको सन्र्दभमा घोषणा पत्र सार्वजनिक गरिने समेत बताए।

उनले भने, ‘नेपाली कांग्रेस परिवर्तनको बाटोतिर हिँडेको छ। विधि, विधान अन्तरगत पार्टी चलाउनका लागि जोडबल गरिरहेका छौं।पार्टीभित्रका सबैखाले अन्तर विरोधहरु अब अन्त्य भएर जाने छन्। अब निर्वाचनको सन्र्दभमा ल्याइने दृष्टिकोण १० गते सार्वजनिक गर्दैछौं। घोषणा पत्र सार्वजनिक गर्छौं। निर्वाचनपछि कांग्रेसले सरकारको नेतृत्व गर्न पायो भने प्रधानमन्त्री कसलाई बनाउने भन्ने घोषणा पत्रले प्रस्ट्याएर आउँछ।’

क्षेत्र नं ५ बाटै राप्रपाका कमल थापा, नेकपा एमालेका नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *