निर्वाचन संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसर : महासचिव पोखरेल
देउखुरी (दाङ) । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले निर्वाचनलाई संविधान र राष्ट्रिय स्वाधीनता बचाउने अवसरका रूपमा लिनुपर्ने बताए छन्।
आज दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्र्रिया दिँदै उनले भने, ‘यो निर्वाचनले शान्ति रोज्ने र हिंसा रोक्ने बीचको विकल्प प्रस्तुत गर्छ। हामीले यसलाई देशभर संविधानको रक्षाको अवसरका रूपमा लिएका छौं।’
महासचिव पोखरेलले दाङको भूमि सधैँ परिवर्तनको पक्षमा रहेको बताउँदै यसपटक पनि सुशासन र विकासको पक्षमा हाल्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment