उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सकियो : निर्वाचन आयोग
xr:d:DAFbpsAE51M:3090,j:7501157714431889710,t:23121702
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशैभर उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको जनाएको छ।
आयोगले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै उम्मेदवारहरुको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धीत मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको हो।
देशैभर प्रत्यक्षतर्फ करिव तीन हजारको संख्यामा उम्मेद्वारी दर्ता भएको छ भने पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवारको संख्या निकै न्यून रहेको आयोगले जानकारी दिएको छ। आयोगका अनुसार सवै भन्दा बढि उम्मेदवारी रुपन्देही र सवै भन्दा कम उम्मेदवारी मुस्ताङमा परेको छ।
पत्रकार सम्मेलनमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उत्साहढंगले उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको र आगामी निर्वाचनमा पनि उत्साहपूर्ण सहभागीता हुने बताए। निर्वाचनका लागि मतदानस्थलका लागि आवश्यक जनशक्तिको व्यवस्था भइसकेको उहाको भनाइ छ।
उहाले शान्ति सुरक्षाका बिषयमा सरकारलाई सवै सुरक्षा निकायको परिचालनका लागि आग्रह गरिसकेको उल्लेख गरे। आम निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका स्थानीय र प्रदेश तहमा आयोगले उपनिर्वाचन गर्ने उहाको भनाइ छ।
निर्वाचन कार्यक्रम अन्तर्गत माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।
त्यसैगरि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ। माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment