अवैध लागूऔषधसहित काठमाडौंमा २ जना पक्राउ

डिसी नेपाल
३१ भदौ २०७६ २१:५५

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट सुनसरी भानुचोक नगरपालिका ७ बस्ने २६ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रित लागूऔषध डाईजेपाम ९ एम्पुल, नुपिजेसिक ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने झापा काँकडभिंट्टा घर भएका २७ वर्षीय युवराज तिमिल्सिनालाई अवैध लागूऔषध ब्राउनसुगर करिब २८ ग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले युवराजलाई साथमा बोकी हिँडिरहेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *