कृषकहरूको आवाज बन्न मेरो उम्मेदवारीः हरि रोका
खोटाङ । अर्थ विश्लेषक हरि रोकाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिएका छन्।
नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका उहाँले कृषकहरूको आवाज बन्नका लागि आफूले उम्मेदवारी दिएको बताएका छन्।
रोकाले भने, ‘म चार वर्षदेखि गाउँमै कृषि गरिरहेको मान्छे हुँ, मेरो मन बदलिएको छैन, अहिले पनि म किसान नै हुँ। म कृषकको माझमा बसेर हलो कोदालो चलाइरहेको छु, मेरो उम्मेदवारी कृषकहरूकै पक्षमा हुनेछ।’
यहाँ दुई स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट वीरकाजी राई र नेकपा (एमाले) बाट देवविक्रम राई उम्मेदवार बनेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment