कालिकोटमा नेकपा र नेपाली कांग्रेसका बागी उम्मेदवार
सुर्खेत। कालिकोटमा चुनावी माहोल एकएक फेरिएको छ। तत्कालीन नेकपा माओवादी केन्द्रले आफ्नो किल्ला ठान्दै आएको कालिकोटमा यो पटक नेकपाकै जीवन बुढाले चुनौती दिएका छन्।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीकका लागि जीवन बुढाको उम्मेदवारी भारी हुने छ। लगातार चौथो पटक संसद छिर्ने सपना बोकेका शाहीको यो पटकको यात्रा रोकिन सक्ने अड्कलबाजी गरिँदैछ।
नेकपाका केन्द्रीय सदस्य महेन्द्रबहादुर शाहिले टिकट ल्याएपछि विवाद चुलिएको हो। शाही र बुढा दुबै प्रचण्डका विश्वास पात्र मानिन्छन्। बुढा प्रचण्डको सचिवालय हुँदै राष्ट्रिय सभाका सदस्य भई सकेका हुन् भने शाही २०७० सालदेखि निरन्तर प्रतिनिधि सभा र प्रदेश सभामा चुनाव जित्दै आएका थिए।
सुरुमा जीवन बुढाले टिकट पाउने चर्चा भए पनि बुढालाई रोक्न शाहीले प्रचण्डलाई कालिकोटबाट चुनाव लडाउने भन्दै प्रचण्डको नाममा एकल सिफारिस गरेका थिए। प्रचण्डले रुकुम पूर्व रोजे पछि कालिकोटमा विवाद चुलिएको थियो। मनोनयनको अन्तिम समयमा महेन्द्र शाहीको नाममा टिकट आएपछि बुढाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता पछि सधै अरुलाई अवसरबाट बञ्चित गर्न खोज्ने प्रवृत्तीकोविरुद्व आफ्नो उम्मेदारी भएको बुढाले बताए। ‘यो पार्टीभित्रको अन्यायविरुद्वको आवाज हो’ उनले भने, ‘कार्यकर्तालाई दास बनाउने खोज्ने प्रवृत्तिविरुद्धको लडाइँ हो।’
नेपाली कांग्रेसबाट टिकट नपाएपछि कांग्रेस नेता भुपेन्द्रजंग शाहीले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएका शाहीले यो पटक टिकट पाएनन्। नेपाली कांग्रेसको आन्तरिक समिकरण फेरिएपछि पूर्व पार्टी सभापति हर्षबहादुर वमले टिकट पाएका छन्।







डिसी नेपाल








Facebook Comment