प्रतिनिधिसभा निर्वाचन : कर्णालीमा १३८ उम्मेदवारमा १२ जनामात्र महिला

डिसी नेपाल
७ माघ २०८२ १२:३१
16
Shares

सुर्खेत। कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन्। ती मध्ये महिला उम्मेदवारको संख्या न्यून रहेको छ। ठूला राजनितिक दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार चुनावमा उठाएका छैनन्। कर्णालीका जम्मा १ सय ३८ उम्मेदवारमा १२ जना मात्र महिला उम्मेदवार रहेका छन्।

नेपाली कांग्रेसले दैलेख क्षेत्र नं. १ मा बासना थापालाई उम्मेदवार बनाए पनि दोस्रो ठुलो दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले महिला उम्मेद्वार बनाएका छैनन्। राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्लामा विनिता कठायत र डोल्पामा देवसी ऐडीलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानमा अनिसा नेपालीलाई टिकट दिएको छ। कठायत र नेपाली बअघिल्लो पटक समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए।

सुर्खेत क्षेत्र नं.२ बाट नेपाल मजदुर किसान पार्टीले तुलसी खड्का र सुर्खेत क्षेत्र नं. १ बाट नेकपा माओवादीले हिरु शाहीलाई उम्मेदवार बनाएको छ। आम जनता पार्टीले रुकुम पश्चिममा प्रेमा दमाइ, दैलेख क्षेत्र नं. १ मा मेनका श्रेष्ठ र २ मा तीर्थाकुमारी बंशीमगर (विक)लाई उम्मेदवार बनाएको छ। राष्ट्रिय जनमोर्चाले सल्यानमा कमला डाँगी र नेपाल मितिेरी पार्टीले डोल्पामा जुनु भण्डारीलाई उम्मेदवार बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *