चिकित्सा शिक्षा आयोगमा ऐनअनुसार नै मेरो नियुक्ति : प्रा.डा. गिरी
काठमाडौं । चिकित्सा शिक्षा आयोगका नवनियुक्त उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आफ्नो राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार नै योग्यता र अनुभव पुगेको बताएका छन्।
आयोगको योग्यताअनुसार चिकित्सा विषयमा स्नातकोत्तर तहमा चारवर्षे अध्ययन र चीनबाट एकवर्षे चिकित्सा विषयमा ‘पोष्ट ग्र्याजुएट’ गरेको गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा दश वर्षभन्दा बढी प्राध्यापन पेशामा अध्यापन तथा अनुसन्धान तथा हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सेवारत रहेको जानकारी दिए।
सामाजिक सञ्जाल र सञ्चारमाध्यमा आफ्नो योग्यताका सम्बन्धमा गलत प्रचार गरिएको गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
“चिकित्सा आयोगजस्तो नियमनकारी निकाय उच्च मनोबलका साथ आफ्ना कार्यलाई अगाडि बढाउने बाटोमा लागेको छ”, विज्ञप्तिमा भनिएको छ।
सरकारले केही दिन अघि आयोगको उपाध्यक्षमा प्रा डा गिरीलाई नियुक्त गरेको हो। रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment