प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्

डिसी नेपाल
७ माघ २०८२ १६:३९
12
Shares

दाङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५६ जना महिलाले मनोनय दर्ता गराएका छन्।

प्रदेश निर्वाचन कार्यालय दाङले दिएको जानकारीअनुसार सबैभन्दा बढी रुपन्देहीमा २१ जना महिलाले मनोनयन दर्ता गराएका छन् भने रोल्पामा भने एक जना पनि महिला उम्मेदवार छैनन्।

यसैगरी दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा भने पाँच पाँचजना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै अर्घाखाँची र प्युठानमा एक एकजना महिलाले उम्मेदवारी दर्ता गराएका हुन्।

लुम्बिनी प्रदेशमा प्रमुख राजनीतिक दलबाट महिलाको उम्मेदवारी न्यू रहे पनि साना दल र स्वतन्त्रबाट महिलाको सहभागिता रहेको छ। प्रदेशका १२ जिल्लामा ५९९ जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा महिलाको सङ्ख्या ५६ छ।

यसमा ३९४ जना विभिन्न राजनीतिक दलका र२०५ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.