कांग्रेस मुख्य सचिवबाट कृष्णप्रसाद पौडेलले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।
लामो समयदेखि पार्टी मुख्यसचिवको रुपमा काम गर्दै आएका पौडेलले आज राजीनामा दिएका हुन्।
उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन खटिनुपर्ने भएकाले राजीनामा दिएको बताएका छन्। उनी कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा निकट नेता हुन्। पौडेल राष्ट्रिय सभा सांसदसमेत हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment