No ads found for this position
No ads found for this position

साविक विजेता लिभरपुलको खराब सुरुवात, पहिलो खेलमै पराजित

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ असोज २०७६ ६:५३
No ads found for this position

एजेन्सी । साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै पराजित भएको छ। मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुल ईटालियन क्लब नापोलीसंग २–० गोल अन्तरले पराजित भएको हो ।

नापोलीको घरेलु मैदानमा अन्तिम ८ मिनेटमा दुई गोल ब्यहोर्दै लिभरपुलले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ । समुह ई अन्तर्गतको खेलमा लिभरपुललाई पराजित गर्न मार्टिनेज र लोरेन्टीले समान एक एक गोल गरे ।

८२ औं मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । लोरेन्टीले ईन्जुुरी समयमा गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

गोलकिपर एन्ड्रियनले सुरुवात दुई मुख्य प्रहारको बचाउ गर्दै लिभरपुलको उद्वार गरेका थिए । तर उनी सान पाउलो मैदानमा प्रभाव छाड्न संघर्षरत देखिन्थे ।

सन् १९९४ मा एसी मिलानसंग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो स्तब्धपुर्ण नतिजा निकालेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *