No ads found for this position
No ads found for this position

पेनाल्टीमा चुक्यो चेल्सी, हारबाट सिजनको सुरुवात

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
१ असोज २०७६ ७:१५
No ads found for this position

एजेन्सी । लण्डन क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासंग १–० गोल अन्तरले पराजित भएको हो । समुह एचको खेलमा पाहुना टोली भ्यालेन्सियालाई जिताउन रोड्रिगोले ७४ औ मिनेटमा गोल गरेका थिए ।

फ्राङ्क लाम्पार्ड प्रशिक्षकको रुपमा च्याम्पियन्स लिग पहिलो खेलमा मैदान उत्रिएका थिए । उनले खेलाडीको रुपमा सन् २०१२ मा च्याम्पियन्स लिग जितेका थिए । मंगलबारको रात लाम्पार्डका लागि समेत खराब रह्यो ।

चेल्सीले फर्ममा रहेका खेलाडी मेसन माउन्टलाई चोटका कारण सुरुवातमै गुमाउन पुग्यो । खेल सकिन चार मिनेट अगाडी पेनाल्टीमार्फत खेलमा फर्कने अवसर लण्डन क्लबले पाएको थियो ।

तर वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्कली गोल गर्न असफल रहे । नियमित रुपमा पेनाल्टी प्रहार गर्ने जोर्गिन्हो र विलियनलाई सो अवसर दिईएको थिएन । प्रिमियर लिगको पछिल्लो खेलमा ह्याट्रिक गरेको टमी अब्राहमले च्याम्पियन्स लिगको सिजनको पहिलो खेलमा प्रभाव जमाउन असफल रहे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *