सीपीएलमा २१६ रनको स्कोर टाइ, सुपरओभरमा ब्रेथवेटले सेन्ट किट्सलाई जिताए

डिसी नेपाल
१ असोज २०७६ १०:३४

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत ट्रीनबागो नाइट राइडर्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीयटसबीचको खेलको सुपर ओभरमा निर्णय भएको छ । सुपर ओभरमा सेन्ट किट्सले नाइट राइडर्सलाई पराजित गरेको छ । सेन्ट किट्सले दिएको १९ रनको लक्ष्य पछाएको नाइटराइडर्सले सुपर ओभरमा केवल ५ रन मात्र बनाएपछि सेन्ट किट्स विजयी भएको हो ।

यस अघि दुवै टिमले २१६-२१६ रन बनाएका थिए । टस हारेर पहिला ब्याटिंग गरेको नाइट राइडर्सले २० ओभरमा ४ विकेट गुमाउदै २१६ रन बनाएको थियो । नाइट राइडर्सका लागि लिंडल सिमोन्सले ४५ बलमा ९० रनको पारी खेलेका थिए । त्यस्तै २१७ रनको लक्ष्य पाएको सेन्ट किट्सले २० ओभरमा ४ विकेट गुमाउदै २१६ रन बनाएपछि खेल टाई भएको थियो ।

सेन्ट किट्सका लागि कप्तान कार्लोस ब्रेथवेटले ३० बलमा ६४ रनको आक्रामक पारी खेलेका थिए । ब्रेथवेटले सुपर ओभरमा बलिङ गर्दै नाइट राइडर्सलाई एक विकेट लिएर ५ रनमा रोक्दै इत दिलाएका थिए । सुपरओभरमा सेन्ट किट्सले बनाएको १८ रनमध्ये १७ रन पनि ब्रेथवेटले नै बनाएका थिए ।

उनी खेलको म्यान अफ द म्याच बनेका थिए । यो जितसँगै सेन्ट किट्सले आफ्नो सातौ खेलमा तेस्रो जित हासिल गरेको छ भने नाइट राइडर्सले आफ्नो पाँचौ खेलमा पहिलो हार बेहोरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *