साढे ८ केजी चरेससहित ३ जना घोराहीबाट पक्राउ

डिसी नेपाल
१ असोज २०७६ २१:५२

दाङ । घोराही उपमहानगरपालिका १९ खम्बासबाट अवैध लागूऔषध चरेस ८ केजी ५ सय ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रोल्पा गंगादेव गाउँपालिका ४ बस्ने २१ वर्षीय गणेश वली, २७ वर्षीय भुपेन्द्र थापा र ४० वर्षीय अमृत थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा ३ प ४५५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *