काठमाडौं-७ मा जिते जनताको अभिष्ट पूरा हुने गरी काम गर्छु : बिमला लामा

डिसी नेपाल
२८ माघ २०८२ १५:४९
28
Shares

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ७ की उज्यालो नेपाल पार्टीकी उम्मेदवार बिमला लामा कुशल उद्यमी हुन्।

लामो समय कोरिया बसेर उनी आफ्नो देशमा केही गर्नुपर्छ भनेर नेपाल फर्किन्। कोरियामा उनको राम्रै जागिर थियो। तर, राष्ट्र प्रेमले उनले त्यसलाई त्यागिदिइन्।

यतिबेला उज्यालो नेपाल पार्टीबाट काठमाडौं-७ मा उम्मेदवार बनेकी बिमला आफूलाई सशक्त उम्मेदवारका रुपमा अघि सारिरहेकी छन्। उनको चुनावी एजेण्डासहित आफ्नो घरदैलो अभियानलाई तिव्रता दिएकी छन्।

लामाले व्यवसायका साथै सामाजिक क्षेत्रमा समेत आफ्नो उच्च छवी बनाएकी छन्। ‘म राजनीतिमा समाजसेवा गर्नुपर्छ भन्ने भावले आएकी हुँ। राजनीति समाजसेवाको सबैभन्दा उत्तत विकल्प हो। म ठूला र चिप्ला कुरा गर्दिन। सक्ने कुरा मात्र जनतासामू भन्छु,’ उनले भनिन्।

आफूले जनताका स-साना कुरामा साथ दिने उनले चुनावी अभियानका क्रममा प्रतिवद्धता जनाउँदै आएकी छन्। ‘म जनताका साना साना कुरामा साथ दिने छु। विकाश निर्माण निर्माणका काममा आम जनतासँगै रहेर काम गर्ने छु,’ उनले भनिन्।

बिमलाको निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका, तारकेश्वर र नागार्जुन नगरपालिकाका १० वटा वडा पर्छन्। महानगरका १६, १७, १८, २५ वडाका बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, ठमेल, म्हैपी, धोबीचौर, ठहिटी, भुरुङखेल, ढल्को, नरदेवी, न्ह्यौखा, मछिन्द्रटोल तथा तारकेश्वर नगरपालिका–३, ४ र ५ का तीनपिपले, गोलढुङ्गा, लोलाङ र नागार्जुन नगरपालिका–१, २ र ३ का रानीवन, ठूलो भर्‍याङ, गैरीगाउँ यस क्षेत्रमा पर्छन्।

जसमध्येका आधा भन्दा धेरै स्थानीयको घरमा पुगिसकेको बिमला बताउँछन्। काठमाडौं क्षेत्र नं ७ मा बिमलाको प्रतिस्र्धा नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं, नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालकुमार लामा, जनता समाजवादी पार्टी नेपालका बाबुराम लामा, राष्ट्रिय जनमोर्चाका दीर्घकुमार श्रेष्ठसँग हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.