भारतद्वारा नेपाललाई थप २२३ सवारी साधन प्रदान

डिसी नेपाल
२९ माघ २०८२ १७:२०
64
Shares

काठमाडौं । भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई आवश्यक सवारीसाधन हस्तान्तरण गरेको छ।

बिहीबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री ओमप्रकाश अर्याललाई भारत सरकारले उपहारस्वरुप प्रदान गरेको सवारीसाधन हस्तान्तरण गरेका हुन्।

भारतले पहिलो लटमा ६१ वटा, दोश्रो लटमा २५४ वटा सवारी हस्तान्तरण गरेको थियो भने बिहीबार तेश्रो लटमा २२३ वटा सवारी साधन प्राप्त भएको गृहमन्त्रालयमा प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

त्यस्तै नेपाली सेनाका लागि ५० वटा गाडी समेत हस्तान्तरण भएको उहाले बताए। भारत सरकारले नेपाल सरकारलाई अनुदान स्वरुप उपलव्ध गराउने प्रहरीका सामाग्रीहरु पनि आउने क्रममा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए।

भारत सरकारबाट प्राप्त भएका गाडीहरु सुरक्षा निकायका साथै निर्वाचनसंग सम्बन्धी प्रयोजनका लागि प्रयोग हुने गृह मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.